२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

'नाडा अटो शो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता'

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । 'नाडा अटो शो २०२५ ले' यसपटक पुन: एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस वर्ष, केवल ३ दिनमै ७८ हजार ५१३ जनाले नाडा अटो शोलाई अवलोकन गरिसकेका छन् ।

यो तथ्यांकले आर्थिक चुनौती र कठिनाइबीच पनि नेपाली जनतामा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गरेको आयोजकले जनाएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रुपमा लिइएको बताए । उनले भने, ‘यसले हाम्रो अपेक्षा अझ उचालिएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ ।’

यस ऐतिहासिक सफलतामा योगदान पुर्याएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाले धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ