२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डेङ्गी नियन्त्रणका लागि काठमाडौं महानगरको ‘वाक एन्ड एक्ट’ मेघा अभियान

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । पछिल्लो समय डेङ्गीका बिरामी बढ्दै गएपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘वाक एन्ड एक्ट’ मेघा अभियान सञ्चालन गरेको छ ।

डेङ्गी नियन्त्रणका लागि महानगरपालिकाको ३२ वटै वडामा एकै पटक गरिएको मेघा अभियान प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिकाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषिप्रसाद भुसालका अनुसार लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने लगायत काम गरिँदै आएको छ ।

महानगरपालिकाले यसअघि नै लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएको छ । यसलाई थप प्रभावकारी बनाउन मेघा अभियान थालिएको उनले बताए । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइका लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको भुसालले जानकारी दिए ।

त्यस्तै, डेङ्गीको जोखिम कम गर्न र सावधानी अपनाउन समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ । भुसालले भने, “समान्य जानकारी नहुँदा डेङ्गी फैलिरहेको छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सुरु गरेका हौँ ।”

महानगरपालिकाले विद्यालयमै पुगेर बालबालिकामार्फत डेङ्गी नियन्त्रणका लागि सचेतना कार्यक्रम गरेको छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका टङ्याकी आदिमा लामखुट्टेले फुल पार्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ