२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा सुनिल पौडेलसँग एक लाख धरौटी माग

आइतवार , भाद्र ८, २०८२

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सुनिल पौडेललाई एक लाख धरौटीमा छाड्न आदेश गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा थुनछेक बहसपछि पौडेलसँग १ लाख धरौटी माग्ने आदेश भएको हो ।

पौडेललाई अख्तियारले गत असार २७ गते पौने १६ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहितलाई प्रतिवादी बनाएर गत असार २७ मा मुद्दा दायर गरेको थियो ।

अख्तियारले केन्द्रबाट आर्थिक वर्ष ०७६–७७ मा गुरुयोजना तयार नगरी मिलेमतोमा हाइ कम्प्युटर इन्फ्रास्टक्चर खरिदमा १५ करोड आठ लाख ५० हजार भ्रष्टाचार भएको दाबीसहित मुद्दा दायर गरेको थियो ।

उक्त कामका लागि केन्द्रले भ्याटसहित ३० करोड ९९ लाख ९९ हजार ९९९ रुपैयाँ ७९ पैसाको लागत अनुमान तयार गरी बोलपत्र आह्वान गरी वर्ल्ड डिस्ट्रिव्युसन नेपाल प्रालि कान्तिपथसँग सम्झौता गरेको थियो ।

सम्झौतामा भ्याट बिलसहित ३० करोड ६५ लाख ५५ हजार ७६३ रुपैयाँ एक पैसामा खरिद गर्ने उल्लेख छ ।

तर विशेष अदालतको आदेशका कारण मात्रै उनी थुनामुक्त हुन पाउने छैनन् । यसअघिका अरु भ्रष्टाचार मुद्दामा उनलाई थुनामा पठाउन आदेश भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट