२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ईजरायली राजदूत र उद्योग संगठन मोरङबीच ब्यापार विस्तारबारे छलफल

शुक्रवार , भाद्र १३, २०८२

विराटनगर । द्विपक्षीय ब्यापार विस्तार, दुवै देशका निजी क्षेत्रबीच आपसी सहकार्य, प्रविधि हस्तान्तरण लगायत अन्य ब्यवसायिक सम्भावनाका विषयमा नेपालका लागि ईजरायली राजदूत श्मूलिक एरिक वास र उद्योग संगठन मोरङबीच छलफल भएको छ ।

छलफलमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले दुई देश बीचको व्यापार तथा औद्योगिक क्षेत्रहरूमा आपसी सहकार्यको माध्यमबाट नयाँ सम्भावना पहिल्याउनु पर्ने आवश्यकता औँल्याए । उनले भने “हामीले एकअर्काका परस्पर पूरक क्षमताहरू पहिचान गरी व्यवसायिक साझेदारीका सम्भावनाहरू खोज्न सकेमा नेपाली र इजरायली उद्यमीहरूबीच लगानी तथा संयुक्त उद्यमको अनुकूल वातावरण तयार गर्न सकिन्छ ।”

अध्यक्ष राठीले इजरायलले प्रविधि, नवप्रवर्तन र आधुनिक कृषि अभ्यासका क्षेत्रमा उल्लेख्य प्रगति गरेको वताउदै नेपाल पनि कृषि प्रधान देश भएकोले हरितगृह प्रविधि, बाली व्यवस्थापन एवं प्रशोधनजस्ता क्षेत्रमा इजरायलबाट लाभ लिन सक्नुपर्ने धारणा राखे । त्यसका लागि ज्ञान आदानप्रदान, तालिम कार्यक्रमहरू र कृषि उद्योगमा लगानीका माध्यमबाट सहकार्य गर्नुपर्नेमा राठीको जोड थियो ।

उनले दुवै देश बीचका निजी क्षेत्रको सहकार्यले औद्योगिक विकासको नयाँ द्वारहरु खोली दीर्घकालीन साझेदारीको आधार निर्माण गर्ने भन्दै निजी क्षेत्रबीचको आपसी सहकार्यलाइ प्रगाढ बनाई आर्थिक एवं औद्योगिक सम्बन्ध सुदृढ पार्ने दिशामा सहयोग गर्न राजदूत समक्ष अनुरोध गरे ।

ईजरायली राजदूत श्मूलिक एरिक वासले व्यापार र व्यवसाय केवल आर्थिक वृद्धिको माध्यम मात्र नभई सामाजिक रुपान्तरणका लागि पनि एक महत्वपूर्ण आधार भएको उल्लेख गर्दै, नेपाल र इजरायलबीचको दीर्घकालीन सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत पार्ने उद्देश्यले व्यापारिक सम्बन्ध विस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपालको आर्थिक तथा उत्पादन क्षमताबारे इजरायल थप जान्न इच्छुक रहेको उल्लेख गर्दै, नेपालबाट आयात गर्न सकिने सम्भावित वस्तुहरूका सम्वन्धमा थप अध्ययन गर्न आवश्यक रहेको धारणा राख्दै राजदूत वासले दुवै देशका सम्बन्धित निकायहरूको सहकार्यमा यस विषयलाई अघि बढाउन सकिने र यसले नेपालका उद्योग व्यवसाय क्षेत्रलार्य अन्तर्राष्ट्रिय बजारसम्म पहुच पु-याउने अवसर प्रदान गर्ने बताए ।

त्यस्तै, उनले इजरायलको प्राविधिक विशेषज्ञता र अनुभवलाई नेपालको उत्पादनशीलता वृद्धि, कृषि आधुनिकीकरण र उद्यमशीलता विकासमा योगदान पुर्याउन सकिने उल्लेख गर्दै, प्रविधि हस्तान्तरणका सम्भावित क्षेत्रहरूमा सहयोग गर्न इजरायली पक्ष सकारात्मक रहेको स्पष्ट गरे ।

उनले दुवै देशका निजी क्षेत्रहरूबीचको सहकार्यलाई अझ सुदृढ बनाउन आफूले आवश्यक सहजीकरण गर्ने बताए । यस्ता साझेदारिहरूले दीर्घकालीन लगानी, सीप आदानप्रदान, रोजगारी सिर्जना र दुवै देशको पारस्परिक हितमा टेवा पुर्याउने विश्वास राजदूत वासले व्यक्त गरे ।

कार्यक्रममा संगठनका कोषाध्यक्ष्ँ तथा अन्र्तराष्ट्रिय ब्यापार प्रवर्द्धन समितिका संयोजक पारस लुनियाले इजरायल र नेपालबीच धेरै दशकदेखि सौहार्दपूर्ण र बलियो कूटनीतिक सम्बन्ध रहेको बताउदै दुवै देश वीचको व्यापारीक सम्वन्धलाई थप विस्तार गर्नुपर्ने विचार व्यक्त गरे । उनले नेपाल र ईजराईल बीच कुल दुईपक्षीय व्यापारवार्षिक ९ मिलियन अमेरिकी डलरभन्दा बढीको हुँदै आएतापनि व्यापार सन्तुलन अत्यधिक रूपमा इजरायलको पक्षमा रहेको तथ्यांक प्रस्तुत गर्दै नेपालबाट इजरायलतर्फ गलैचा, हस्तकलाका सामग्रीहरू, छालाजन्य वस्तुहरू निर्यात हुने गरेको र इजरायलबाट प्याक गरिएको औषधिहरू, प्रसारण उपकरणहरू, दूरसञ्चार उपकरणहरू र कृषि उपकरणहरू नेपालले आयात गर्दै आएको बताए ।

उनले कृषि तथा कृषि प्रविधि, ड्रिप सिचाइ प्रणाली, कृषि क्षेत्रमा विशेषज्ञता र सूचना प्रविधिका साथै कागज, डाइपर, स्यानिटरी प्याड उत्पादन, वुड फार्मिङ जस्ता क्षेत्र सहकार्यका लागि सम्भावनायुक्त क्षेत्र भएको बताउँदै कोशी प्रदेशमा इजरायली कृषि प्रविधिलाई स्थानीय कृषि प्रणालीमा प्रयोग गरी संयुक्त पाइलट परियोजनाहरू सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए ।

फरक प्रसगंमा उनले इजरायलमा ४ हजार ५ सय भन्दा बढी नेपाली केयरगिभरहरूले कार्यरत रही दुबै देशको अर्थतन्त्रमा योगदान पु-याइरहेको, लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत इजरायलले शिक्षा, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र उत्पादन क्षेत्रमा छात्रवृत्ति तथा प्राविधिक तालिम प्रदान गर्दै आएको वताउदै विगत लामो समय देखि वेपत्ता रहेका नेपाली नागरिक विपिन जोशीको रिहाईका लागि पहल गर्न इजरायली राजदूत समक्ष आग्रह गरे ।

संगठनका उपाध्यक्ष विपिन कावराले नेपाल र ईजरायल वीच सिधा हवाई कार्गो सञ्चालन गरी ब्यापार विस्तारलाई वढावा दिन आवश्यक पहल गर्न अनुरोध गरे । त्यसैगरी संगठनका निवर्तमान अध्यक्ष्ँ राकेश सुरानाले कृषिको आधुनिकीकरणमा ईजराईलले गरेको विकासलाई प्रविधि हस्तान्तरणमा माध्यमबाट नेपाललाई पनि सहयोग पु-याउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ