काठमाडौं । स्टाइल, परफर्मेन्स र इनोभेसनका प्रतीकका रूपमा चिनिने यामाहा ब्रान्डले विराटनगरमा दुई नयाँ आकर्षक मोडेल MT–१५ V२ र Fz–SV३ DLX सार्वजनिक गरेको छ ।
यामाहा नेपालको अधिकृत बिक्रेता तिरुपति अटो प्यालेस प्रा.लि.ले यी मोटरसाइकल मोडेलहरू सार्वजनिक गरेको हो ।
प्रहरी नायव निरिक्षक कोपिला चुडाल, निरुपति अटो प्यालेस प्रा.लि. का अध्यक्ष इश्वरी प्रसाद पराजुली तथा विभिन्न व्यवसायिक प्रतिनिधिहरूले मोटरसाईकल मोडल सार्वजनिक गरेका थिए । MT–१५ V२ मा नयाँ रंग ICE Storm र Vivid Violet Metllaic उपलब्ध छन् भने,FZ–S V३ DLX मा Fluo Vermillion रंगमा नयाँ स्टाइलिश डिजाइन दिइएको जनाईएको छ ।

यामाहाका यी मोडेलहरू युवा पुस्तालाई लक्षित गर्दै डिजाइन गरिएको जनाइएको छ । स्टाइल र राइडिङको जोशलाई एकैसाथ बोकेको यी बाइकहरूले ग्राहकको आकर्षण पाउने कम्पनीको विश्वास छ ।
तिरुपति अटो प्यालेसका कार्यकारी निर्देशक नयन पराजुलीले यामाहाको नयाँ प्रयासले पूर्वी नेपालका ग्राहकहरूलाई सशक्त बनाउने विश्वास व्यक्त गरे ।
उनले यामाहाको उद्देश्य गुणस्तरीय सेवा र उत्कृष्ट उत्पादनमार्फत नेपाली युवालाई मोटरसाइकल यात्रा अनुभवमा नयाँ आयाम दिनु रहेको बताए ।


प्रतिक्रिया दिनुहोस