
काठमाडाैं । काठमाडौं उपत्यकामा किराना, तरकारी तथा फलफूल लगायतका अत्यावश्यकीय पसल बिहान २ घण्टा मात्रै खोल्न पाइने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै पसल खोल्न दिने निर्णय गरेको हो । यसअघि साँझ ५ बजेदेखि ७ बजेसम्म पनि यस्ता पसल खोल्न दिने गरिएको थियो ।
नागरिकलाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अनुरोध गरिएको छ । बैंक तथा वित्तीय क्षेत्रमा सीमित कर्मचारी राखेर चलाउन दिने निर्णय भएकाे छ ।अत्यावश्यक सवारीमा अनिर्वाय पासको व्यवस्था गरिएको र पास नभएका सवारीलाई गुड्न नदिने निर्णय गरिएकाे छ ।
यस्तै, सरकारी कार्यालयमा ४० प्रतिशत कर्मचारी राखेर मात्रै सञ्चालन गर्न भनिएको छ । सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको परिचय पत्र अनिवार्य गरिएको छ । ठेलागाडामा सञ्चालित व्यवसाय समेत बन्द गराउने निर्णय गरिएकाे छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend