
काठमाडौं। नेपाली क्रिकेटर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘प्लेयर अफ दि मन्थ’ को मनोनयनमा परेका छन्।
आइसिसीले बुधबार सार्वजनिक गरेको अप्रिल महिनाको मनोनयनमा कुशल पनि पर्न सफल भएका हुन्।
केहि दिनअघि नेपालमा भएको नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिदेशीय खेलबाट कुशलले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका हुन्। डेब्यु गरेको पहिलो खेलमै नेदरल्याण्ड्सविरुद्ध कुशलले अर्धशतक प्रहार गरेका थिए । टी–२० सिरिजमा प्लेरअ अफ दि सिरिज घोषित भएका कुशलले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए ।
कुशलसँगै पाकिस्तानका फखर जमान र बाबर अजाम पनि मनोनयनमा छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend