
काठमाडाैं । नेकपा एमालेकै माधव नेपाल पक्षसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालको बाबुराम भट्टराई पक्षले जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएका छन् ।
लुम्बिनी प्रदेशमा रिक्त स्थानमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने र बागमतीमा माओवादी–माधवकुमार नेपाल पक्षका उम्मेदवारलाई कांग्रेसले समर्थन गर्ने गरी सहमति जुटेको स्राेतले बताएकाे छ ।
माओवादीका रामबहादुर थापा बादल र चन्द्रवहादुर खड्का एमाले प्रवेश गरेपछि ती दुई ठाउँ रिक्त भएका थिए ।
एमालेले थापालाई नै उम्मेदवार बनाउने तयारी गरेको छ । यसअघि बसेको महाधिवेशन आयोजक कमिटी बैठकमा थापालाई उम्मेदवार बनाउने मोटामोटी सहमति भएको थियो ।
लुम्बिनीमा भने एमालेबाट प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डे कांग्रेसमा प्रवेश गरेकाले उनैलाई उम्मेदवार बनाउने तय भएको छ । यद्यपी यहाँ चुनावकाे मिति भने ताेकिएकाे छैन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend