२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

जुम्ला कारागारबाट ३६ कैदीबन्दी फरार

बुधवार , भाद्र २५, २०८२

जुम्ला । जिल्ला कारागारबाट ३६ जना कैदीबन्दी फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीका अनुसार मङ्गलबार राति जेलबाट कैदीहरू फरार भएका हुन् ।

प्रहरी नायब उपरीक्षक रेग्मीका अनुसार पाँच कैदीलाई भाग्नुअघि नियन्त्रणमा लिइएको भए पनि ३६ जना फरार छन् । प्रहरीका अनुसार सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदी फरार भएका थिए ।

प्रारम्भिक अनुसन्धानमा कैदीहरू योजनाबद्ध रूपमा भागेको अनुमान छ । घटनापछि सुरक्षाकर्मीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट