२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सवारी र संरचनाको दाबी भुक्तानी तत्काल निष्कर्षमा पुर्याउन निर्जीवन बीमा व्यवसायी सङ्घ प्रतिबद्ध

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षति पुगेका सवारी साधन र भौतिक संरचनाको दाबी भुक्तानी प्रक्रिया तत्काल निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ ।

हालै भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका बीमा गरिएका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन सङ्घले आग्रह गरेको छ ।

सङ्घले विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा बीमाको महत्त्व झनै बढेको सन्दर्भमा, बीमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको जनाएको हो ।

संघका अध्यक्ष राजेन्द्र मल्लले बीमितहरूले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजातहरू चाँडो बीमा कम्पनीमा बुझाई दाबी प्रक्रिया सहज बनाउने कार्यमा सहयोग गर्न अपिल गरेका छन् । साथै, बीमा कम्पनीहरूले पनि दाबी भुक्तानी प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेको अध्यक्ष मल्लले बताए ।

२०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको आवश्यकता र उपयोगितालाई गम्भीर रूपमा महसुस गराएको सन्दर्भमा, हालको परिस्थितिमा बीमा कम्पनीहरूको सक्रियता सकारात्मक र आशाजनक देखिएको अध्यक्ष मल्ले बताए ।

आन्दोलनका क्रममा राष्ट्रपतिको भवन, संसद् भवन, सुरक्षा निकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायात लगायतका भौतिक संरचनामा भएको क्षतिको गहिरो दुःख व्यक्त गर्दै सङ्घले बीमा कम्पनीहरूलाई यस सङ्कटको समयमा दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायमा आह्वान गरेको छ ।

साथै, आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सङ्घले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ