२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८२ भव्यताका साथ सम्पन्न

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८२ सम्पन्न गरेको छ ।

लेमन ट्री प्रिमियर, बूढानीलकण्ठ काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई लक्षित गरिएको थियो । कार्यक्रममा कम्पनीको अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई स्वीकार गरी देशका विभिन्न स्थानबाट आएका क्लब सदस्यता प्राप्त गर्न सफल बीमा सल्लाहकारहरूमा अभिवादन व्यक्त गर्नुका साथै सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स प्रति देखाएको विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा पुर्याएको अतुलनीय योगदान प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरू प्रति आभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा सल्लाहकारहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने कुरा व्यक्त गरे । कम्पनीका डेपुटी सिइओ निराजन कंडेलले सफल बीमा सल्लाहकार बन्नको लागि आवश्यक सीपहरु लगायतका विषयहरूमा धारणा राखेका थिए ।

कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब, आकाश क्लब र ग्यालेक्सी क्लबका योजनाहरु प्रस्तुत गरेको छ।

क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम बिमा शुल्कको लक्ष्य तोकिएको हुन्छ । तोकिएको लक्ष्य हासिल गर्न सफल बीमा सल्लाहकारहरू क्लबको सदस्यता प्राप्त गरी कार्यक्रममा सहभागी हुन्छन्। सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।

नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शिवानी थापा बस्न्यातले कार्यक्रम सञ्चालन गरेकी थिइन् । त्यस्तै, चर्चित गायिका समिक्षा अधिकारी र हास्य कलाकार सुन्दर खनालले आफ्ना प्रस्तुतिहरु पस्कँदै कार्यक्रममा रौनक थपेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ