काठमाडौं । सिरिन्ज कम्पनी फरच्युना हेल्थकेयर ललितपुरले काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरलाई निशुल्क सिरिन्ज वितरण गरेको छ । जेनजी आन्दोलनका कारण भएको विषम परिस्थितमा घाइतेहरुको उपचारमा टेवा पुगोस भन्ने उद्धेश्यका साथ कम्पनीले काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरलाई सिरिन्जहरु हस्तान्तरण गरेको हो ।
नेपालको स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय सिरिञ्ज उपलब्ध गराउने उद्धेश्य सहित आफ्ना उत्पादन विश्व स्वास्थ्य संगठनले औषधी उद्योगका लागि तोकेको मापदण्ड जी. एम.पी.मा आधारित रही आइएसओ मापदण्डको स्ट्यान्डर्ड पुरा गरि विगत केही वर्ष देखि कम्पनीले उत्पादन गरेको ‘फरच्युना’ ब्रान्डका विभिन्न साईजका गुणस्तरिय सिरिञ्जहरु तथा अन्य सर्जिकल समाग्रीहरु उत्पादन गर्दै नेपाल अधिराज्यभरका सरकारी अस्पताल,निजि अस्पताल क्लिनिक तथा निजी प्रयाृजनका लागि आवश्यक बजारिकरण गर्दै आइरहेकोे छ ।
फरच्युना हेल्थकेयरले १ एम एल देखि ५० एम.एल.सम्मका निडल सहितका सिरिञ्जहरु तथा इन्सुलिन सिरिञ्ज, एब्जर्बेन्ट कटन उल, आइपी गज, लगायतका उत्पादनहरु हाल बजारमा ल्याएको छ ।
कम्पनीले चाँडै नै आईभी क्यानुला, हाइ क्वालिटी ग्लभ्स, ब्लड कलेक्सन ट्युव, आइभी क्यानुला फिक्सटर, आइभी सेट, यूरीन ब्याग, क्रेप एन्ड रोल ब्यान्डेज लगायतका उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको छ । सबै उत्पादनहरुको गुणस्तरमा सम्झौता नगर्ने यस कम्पनीको प्रविवद्धता छ ।
हाल देशमा भाद्र २३ र २४ गते जेनजी आन्दोलनका कारण हालसम्म करिव ७५ जना भन्दा बढी युवाहरुले साहदत प्राप्त गरिसकेको तथा सयौँ घाइतेहरु अस्पतालमा अझै पनि उपचारत छन् । यस विषम परिस्थितमा घाइतेहरुको उपचारमा टेवा पुगोस भन्ने उद्धेश्यका साथ कम्पनीले सामाजिक दायित्वलाई बहन गर्दै यस फरच्युना हेल्थकेयर प्रा.लि.बाट ३,५,१० एम एल का २२,००० पिस (१० केस) सिरिन्जहरु काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरलाई हस्तान्तरण गरेको हो ।
त्यस्तै, त्रिभुवन विश्ववविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताललाई पनि सोही अनुरुप निःशुल्क हस्तान्तरण गर्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस