२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्वस्थ व्यक्तिले दैनिक कति मासु खाने ?

मंगलवार , आश्विन १४, २०८२

काठमाडौँ । आफन्त, साथीभाइसँग भेटघाट गर्ने, मीठा–मीठा खानेकुरा खाने चाड हो दशैँ । दशैँको खानपिन भन्नेबित्तिकै मासुका परिकारको कुरा आइहाल्छ । दशैँका बेला अधिकांश घरहरुमा मासुका विभिन्न परिकार पाक्ने गर्छ । मासुविना दशैँ अधुरो मानिन्छ । तर, दशैँमा लगायतार मासु खाँदा पाचन देखि अन्य समस्या पनि निम्तिन सक्छ । आज हामी मासु कति र कसरी खाने भन्नेबारे उल्लेख गर्दै छौँ ।

मासु खानु किन आवश्यक ?

शरीरलाई चाहिने पौष्टिक तत्त्व पूरा गर्नका लागि मासु खानु आवश्यक रहेको पोषणविद्‌को भनाइ छ।

पोषणविदका अनुसार दैनिक रूपमा सिफारिस गरिए बमोजिम मासु खाने हो भने त्यसले मानिसलाई स्वस्थ रहन मद्दत गर्छ तर त्यसलाई सही र स्वस्थ तरिकाले पकाएर खानुपर्छ। मासुमा अन्न वा विरुवाबाट आउने प्रोटिनभन्दा शरीरलाई चाहिने सबैखाले प्रोटिन र खनिज तत्त्व पाइन्छ।

उनका भनाइमा मासुमा भिटामिन र चिल्लो पदार्थ पनि पाइने भएकाले यो निकै पोषिलो हुन्छ। कुपोषण भएकाहरूको वजन बढाउन तथा शल्यक्रिया गरेकाहरूको घाउ चाँडो निको पार्न मासुले मद्दत गर्ने गर्छ ।

यद्यपि, दशैँका बेलामा अधिक मासु सेवन गर्ने र त्यो पनि अस्वस्थकर रूपमा खाने चलन रहेको छ । त्यसले चाहिँ हाम्रो शरीरलाई फाइदा भन्दा हानी नै धेरै गर्छ । मासुमा ‘ट्रान्सफ्याट’ धेरै हुने भएकाले त्यस्तो बोसो शरीरमा टाँसिएर बस्ने र त्यसले विभिन्न दीर्घ रोगसमेत निम्त्याउन सक्ने जोखिम हुन्छ ।

पोषणविद्हरूले दैनिक ५० ग्रामभन्दा बढी मासु नखान सुझाउने गरेका छन् भने त्यो पनि बफाएर वा सामान्य रूपमा पकाएर खान सुझाव दिन्छन्। विशेषगरी पोलेर खाइने र मदिरासँग मासु खाँदा त्यसले शरीरलाई अत्यन्त हानी गर्ने गर्छ ।

स्वस्थ व्यक्तिका लागि चाहिने मासुको मात्रा

एफएओले एकजना व्यक्तिले स्वस्थ रहन प्रतिवर्ष कति किलो मासु खानुपर्छ भन्ने न्यूनतम मापदण्ड तोकेको छ ।

उनका भनाइमा एउटा स्वस्थ व्यक्तिका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय फुड एन्ड एग्रीकल्चर अर्गनाइजेशन (एफएओ) ले प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो मासु खपत हुनुपर्ने मापदण्ड तोकेको छ। नेपालमा त्यो मापदण्ड पूरा भइसकेको देखिन्छ। यहाँ उत्पादित सबै मासु र माछालाई जोडेर त्यसलाई कुल जनसङ्ख्याले भाग गरी त्यस्तो विवरण निकालिएको हो ।

यद्यपि त्यसमा आयात भएको मासुको विवरण समावेश छैन भने जनगणनालाई आधार मान्दा विदेशमा रहेका नेपालीको सङ्ख्या समेत जोडिन पुग्छ।

त्यसको अर्को पक्ष भनेको माछा वा मासु किन्न नसक्ने आय भएका मानिसहरूको कसरी गणना हुन्छ भन्ने स्पष्ट छैन। त्यसैले कतिपयले उक्त सरकारी दाबीलाई वैज्ञानिक मान्ने गरेका छैनन्।

दैनिक कति मासु खाने ?

मानिसको तौल, शारीरिक बनावट, कामको प्रकृति, व्यायाम र स्वास्थ्य अवस्थाअनुसार मासु कति खाने भन्ने कुरा निर्धारण हुन्छ । एक वयस्क मान्छेले दैनिक प्रतिकिलो तौल एक ग्राम मासु खान सक्छन् । उदाहरणका लागि ७० केजी तौल भएको व्यक्तिले ७० ग्राम मासु (चारदेखि पाँच टुक्रा) मासु खानु राम्रो हुने पोषणविद् आरेम कार्की बताउँछन् ।

एक सामान्य व्यक्तिले दैनिक लगभग एक सय ग्राम (पाँचदेखि छ टुक्रा) मासु खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर कुनै व्यक्तिले दैनिक ३०० ग्राम मासु खान्छ भने शरीरमा प्रोटिनको मात्रा बढी भएर कालान्तरमा युरिक एसिडको समस्या, मिर्गौलासम्बन्धी समस्या निम्तिने सम्भावना बढ्ने कार्की बताउँछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ