काठमाडौँ । पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा दायर भएको छ ।
सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
सीआईबीको टोलीले उनलाई हिजो काठमाडौंबाट पक्राउ गरेको थियो ।
सरकारी वकिल कार्यालयले पेस गरेको अभियोग पत्र दर्ता भएको काठमाडौँ जिल्ला अदालतका एक जना अधिकृतले बताए ।
उनीसँग ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस