२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सेनाको रिपोर्ट : ४ सय ८४ स्थानमा जेनजी आन्दोलन, २२ जना प्रदर्शनकारीको मृत्यु

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कुल ७६ मध्ये २२ जना प्रदर्शनकारीको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले सो रिपोर्ट प्रस्तुत गरेको हो । रिपोर्ट अनुसार ४ सय ८४ स्थानमा भएको प्रदर्शनमा ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जनाको मृत्यु भएको थियो ।

सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाका अनुसार ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी निवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।

यस्तै आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकामा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाको भनाइ छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट