२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मोरङ उद्योग व्यापार संघद्वारा इलामका बाढी पीडितलाई राहत हस्तान्तरण

शुक्रवार , आश्विन ३१, २०८२

विराटनगर । हालैको वर्षा र बाढी–पहिरोबाट प्रभावित इलामका बाढी पीडितका लागि मोरङ उद्योग व्यापार संघले राहत सामग्री हस्तान्तरण गरेको छ । संघले राहतस्वरूप २५० थान कम्बल हस्तान्तरण गर्दै पीडित परिवारप्रतिको सहानुभूति व्यक्त गरेको हो ।

राहत सामग्री संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल तथा अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरूको उपस्थितिमा श्रष्टा नेपालकी अध्यक्ष विन्दीया कार्कीलाई हस्तान्तरण गरिएको हो ।

सहयोग सामाग्री हस्तान्तरण गर्दै राठिले भने, “गत साता परेको भीषण वर्षाका कारण इलामका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । अस्थायी शिविरमा बसोबास गर्न बाध्य परिवारहरूलाई केही मात्रामा भए पनि राहत मिलोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको हो ।”

त्यस्तै, संघका निवर्तमान अध्यक्ष नवीन रिजालले बाढी पहिरोका कारण दर्जनौँले ज्यान गुमाउनु परेकोमा गहिरो दुःख व्यक्त गर्दै भने, “यो कठिन घडीमा सरकार, निजी क्षेत्र र सम्पूर्ण समुदायले एकजुट भएर पीडितको पुनःस्थापनाका लागि अग्रसर हुन आवश्यक छ ।”

गत साता परेको निरन्तर वर्षाका कारण इलामका विभिन्न गाउँ–बस्तीहरूमा बाढी र पहिरोले ठूलो जनधन तथा संरचनागत क्षति पुर्याएको थियो । दर्जनौँ व्यक्तिको मृत्यु, कैयौँ घाइते, र सयौँ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । धेरै परिवार हाल अस्थायी शिविरमा बसोबास गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ