२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नागढुंगा-सिस्नेखोला सुरुङ सञ्चालन र मर्मतका लागि टेण्डर आह्वान, बोलपत्र बुझाउने अन्तिम मिति २ पुस

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि अनुभवी सेवा प्रदायक छनोट गर्न अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरिएको छ। नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार टेण्डर आह्वान गरेको हो। बोलपत्र बुझाउने अन्तिम मिति २ पुस २०८२ (१७ डिसेम्बर २०२५) रहेको छ।

हाल सुरुङमार्गमार्फत सवारी साधन चल्न सक्ने अवस्था भए पनि दक्ष जनशक्ति र सुरक्षाको अभावका कारण सञ्चालनमा आउन सकिरहेको छैन। अत्याधुनिक प्रणाली भएको सुरुङलाई सडक विभागको सीमित अनुभव र उपलब्ध जनशक्तिबाट मर्मत गर्नु कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिबाट सञ्चालन गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मार्फत सेवा प्रदायक चयन गर्ने निर्णय गरिएको हो। चयन हुने प्रदायकले पाँच वर्षसम्म सुरुङ मार्ग सञ्चालन र मर्मत गर्नेछ।

यस अवधिमा पर्याप्त विदेशी विज्ञबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण गरिने र भविष्यमा अन्य सुरुङ तथा फास्ट ट्रयाकजस्ता संरचनाहरु स्वदेशी जनशक्तिबाट सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ।

सुरुङ २४ घण्टा सञ्चालनमा रहनुपर्ने भएकाले आपत्कालीन सेवा आवश्यकतासहित १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ। सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन्। सुरक्षा व्यवस्थापन युनिटमा ६४, सडक उपभोग दस्तुर संकलनमा ५४, ट्राफिक अनुगमन र नियन्त्रणमा १४, सिभिल संरचना र अन्य संरचना मर्मतमा ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ।

मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीन मार्ग २.६ किलोमिटर रहेको छ। सरकारले सुरुङमार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) तोकेको छ ।

कार/भ्यान: काठमाडौं आउँदा ६५, फर्कँदा ६० रुपैयाँ

मिनिबस/मिनिट्रक: आउँदा ११५, फर्कँदा ८० रुपैयाँ

बस/ट्रक: आउँदा २६०, फर्कँदा २०० रुपैयाँ

भारी उपकरणका सवारीसाधनस् आउँदा ६००, फर्कँदा २५० रुपैयाँ

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ