२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

आइतवार , कार्तिक १६, २०८२

दशरथचन्द (बैतडी) । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका–३ धमकट्टेका ७५ वर्षीय हरुवा साउदको मृत्यु भएको हो । उनका नाति २० वर्षीय महेश साउद घाइते भएका छन् । दुर्घटनापछि फरार ट्याक्टरचालकको खोजी जारी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट