२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

भैरहवाको होटल निर्वाणामा गोली चल्यो, सुरक्षा गार्ड घाइते

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । भैरहवास्थित होटल निर्वाणामा गोली चलेको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सोमबार राति १ बजेको समयमा होटल परिसरमा गोली चल्दा होटलका सुरक्षा गार्ड घाइते भएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं. १५ का २७ वर्षीय मीन बहादुर परियार घाइते भएको प्रहरीले जनाएको छ। उनको खुट्टाको तिघ्रामा गोली लागेको छ। घाइते परियारलाई राति नै भीम अस्पतालमा उपचार गरी घर पठाइएको छ ।

प्रहरीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो । त्यसैक्रममा एक समूहले गोली चलाएको थियो ।

प्रहरी उपरीक्षक क्षेत्रीले अहिले नेपाल र भारतको सीमा क्षेत्र बेलहिया आसपासमा चेकजाँचलाई कडाइ गरेर गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट