२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिद पुनरावलोकन समितिमा रिक्त रहेका अध्यक्ष तथा सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ ।

कार्यालयले समितिको एक अध्यक्ष र दुई सदस्य पदमा नियुक्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४८ बमोजिम पदपूर्ति गर्न लागिएको जनाइएको छ ।

सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र इच्छुक उम्मेदवारले केशरमहलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

उम्मेदवारसँग सार्वजनिक खरिद ऐनअनुसार आवश्यक योग्यता र अनुभव हुनुपर्नेछ। साथै, कुनै विदेशी मुलुकको नागरिकता वा स्थायीरअस्थायी आवासीय अनुमति नलिएको तथा प्रचलित कानुनले अयोग्य नठहर्‍याएको व्यक्ति हुनुपर्ने व्यवस्था छ ।

प्राप्त आवेदनमध्येबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संक्षिप्त सूची (सर्टलिस्ट) तयार गरी मन्त्रिपरिषद्मा पेश गर्नेछ । सोही सूचीका आधारमा उपयुक्त उम्मेदवारलाई मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था रहेको छ ।

111_zbVpncRO7h.png

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट