२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

काठमाडौं उपत्यकामा ट्राफिक नियम मिच्ने २२ सय चालक कारबाहीमा, एकैदिन १८ लाख बढी राजस्व संकलन

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २२३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ८१ हजार  राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११८ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १५४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट