२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

बालेनविरुद्ध साइबर ब्युरोमा युवा संघ नेपालको उजुरी

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा (एमाले) निकट युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ।

युवा संघको टोलीले सामाजिक सञ्जालमार्फत अशोभनीय शब्द प्रयोग गर्दै राजनीतिक दलहरूको मानमर्दन गरेको आरोपमा बालेनविरुद्ध उजुरी दिएको हो।

संघका अनुसार बालेनले लेखेको स्टाटसले राजनीतिक मर्यादाको उल्लङ्घन गरेको र सार्वजनिक पदमा बसेको व्यक्तिको गरिमासँग मेल नखाने अभिव्यक्ति दिएका थिए।

बालेनले दुई दिनअघि मध्यरातमा सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्टाटस लेखेका थिए। केहीबेरपछि उनले सो पोस्ट हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट