२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

नेपाली सेनाले मनायो विशेष कार्यक्रम आयोजना गरी संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।

काभ्रेपलाञ्चोकस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा बिहीबार सेनाले राष्ट्र सङ्घको ८०औँ स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा सेनाले शान्ति स्थापनार्थ आपतकालिन अवस्थामा उद्धार, पुनःस्थापना, सुरक्षित स्थानान्तरण, प्राथमिक उपचारजस्ता विषयमा प्रस्तुतीकरण गरेको थियो ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको नेपाल, शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचिमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रमासमेत पहिलो स्थानमा छ । संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत हाल विश्वका विभिन्न १० वटा मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय १९ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने ७५ जना सैनिकहरू घाइते भएका छन् ।

कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, परराष्ट्र मन्त्रालयका पदाधिकारी लगाएतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट