२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण सम्पन्न, बालेन र सुनिताले गरे उद्घाटन

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । काठमाडौं महानगर–८ जयबागेश्वरी गायत्री मार्गमा रहेको छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण गरिएको छ ।

पुनःनिर्माण सम्पन्न भएको शुक्रबार ब्रह्मा मन्दिरको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरे ।

मन्दिरको उद्घाटन पनि महानगर प्रमुख बालेन्द्र शाह कार्यक्रमबाट बाहिरिएका थिए भने उपप्रमुख डंगोलले छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिर पुनःनिर्माण हुन ऐतिहासिक कार्य भएको बताइन् । डंगोलले सम्पदा संरक्षणमा महानगरले प्रमुखताका साथ काम गरिरहेको उल्लेख गरिन् ।

महानगरबाट हराएका मूर्त तथा अमूर्त सम्पदाहरुलाई पुनस्थापन पर्ने काम गरिरहेको र अन्य देशमा रहेका नेपालका मूर्तिहरुलाई स्वदेश फर्काउन पनि पहल गरिरहेको उनले बताइन् ।

काठमाडौं महानगर वडा ८ का वडाअध्यक्ष आशामान संगतले दुई तल्ला रहेको प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको जानकारी दिए ।

उक्त ऐतिहासिक मन्दिरको गत माघ ७ गते पुनःनिर्माणका लागि शिलान्यास गरिएको थियो । हराएकै एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन् गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट