२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ।

उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्य समस्या देखिएपछि दशैंअघि नै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा भर्ना भएका आलमको स्वास्थ्य अवस्था पछिल्ला दिनमा अत्यन्तै जटिल बनेको थियो। अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले ६३ वर्षीय आलमको उपचारकै क्रममा निधन भएको पुष्टि गरेका छन्। “पछिल्लो समय उहाँ निकै बिरामी हुनुहुन्थ्यो,” उनले भने, “उपचारकै क्रममा आज निधन भएको हो।”

आलमका छोरा डा. राजीक आलमका अनुसार करिब डेढ महिनाअघि उनलाई भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि लगिएको थियो। “त्यहाँ स्वास्थ्यमा केही सुधार आएपछि घर ल्याएका थियौँ, तर केही समयपछि अवस्था फेरि बिग्रियो,” राजीकेले बताएका छन्।

गत जेठ १४ गते नक्खु कारागारबाट रिहा भएपछि केही दिनमै आलमलाई मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएको थियो। त्यसबेला उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा एक साता आईसीयूमा राखेर उपचार गरिएको थियो।

पुरानै स्वास्थ्य समस्या बल्झिएपछि उनलाई दशैंअघि पुनः केएमसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा स्वास्थ्य अवस्था निरन्तर कमजोर बन्दै गएपछि अन्ततः उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट