जापान । गैडाकोट–१० की सुजिता पाण्डे जापानी ठुलो चलचित्र “22nd Century Cat” मा अभिनय गर्ने पहिलो नेपाली कलाकार बनेकी छन् ।
जापानमा बस्दै आएकी सुजिता सामान्यतया कम्बिनी स्टोरमा काम गर्थिन् । त्यही क्रममा फिल्मका निर्देशक ओमोई सासाकीले उनलाई फिल्ममा अभिनय गर्न प्रस्ताव गरेका थिए ।
फिल्मको कथा विदेशी युवतीको जीवन, प्रेम र संघर्षमा आधारित छ । सुजीताले “अन्जु” नामक पात्रको भूमिका निभाएकी छिन्, जसले दुःख र संघर्षबीच पनि आत्मबलका साथ जीवन अगाडि बढाउछिन् ।
दुई दिनको सुटिङ पूरा भइसकेको छ र सुजीतालाई १ लाख जापानी येन पारिश्रमिक दिइएको छ। यो सुजीताको पहिलो जापानी चलचित्र हो ।
उनको यस कदमले नेपाली युवतीहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने प्रेरणा पाउने विश्वास गरिएको छ। साथै, जापानी फिल्म उद्योगमा पनि नेपाली कलाकारप्रति रुचि बढ्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस