२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

जय हनुमान आयल इन्डष्ट्रिजमा आगलागी, तीनजना घाइते

शनिवार , कार्तिक २२, २०८२

मोरङ । मोरङको कटहरी गाउँपालिका–४ जामुनगाछीस्थित जय हनुमान आयल इन्डष्ट्रिज प्रालिमा शुक्रबार राति ग्यास लिक भई आगलागी हुँदा तीन जना घाइते भएका छन्।

गएराति करिब १२:१० बजे ग्यास लिक भएर आगो लागेको र कटहरी प्रहरी चौकीबाट खटिएको टोलीले करिब १२:५५ बजे आगो नियन्त्रणमा ल्याएको हो ।

घाइतेहरूमा फ्याक्ट्रीका जनरल म्यानेजर भारतका ३० वर्षीय अर्जुन पण्डित, स्थानीय कामदार २२ वर्षीय दिपक कामत र पर्सा बिरगंजका २९ वर्षीय अलि आलम रहेका छन्। पण्डित र कामतको अनुहार तथा हातखुट्टा जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। आलमको घाटी र कपाल जलेको र अवस्था सामान्य छ। तीनै जना घाइतेलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ।

आगलागीबाट केही ग्यास सिलिन्डरमा क्षति पुगेको र अन्य क्षतिको विवरण संकलन कार्य भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट