२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा पूर्व सहसचिव लेखबहादुर कार्की पक्राउ

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।

सिआइबीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दरबारमार्गस्थित नेपाल ट्रष्टको नाममा दर्ता कित्ता नं. ४६०६ र ४६०५ का जग्गा नेपाल ट्रष्ट र थामशेर्कु ट्रेकिङ प्रालिबीच लिजमा दिने–लिने सम्झौतामा ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुर देखिएपछि कार्कीलाई पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा ट्रष्ट सञ्चालक समितिको निर्णयबिना वद्नियतपूर्वक सम्झौता गरिएको प्रारम्भिक तथ्य खुलेको सिआइबीले जनाएको छ। उक्त सम्झौता २०७४ साल जेठ १४ गते भएको र त्यसले नेपाल ट्रष्टलाई दीर्घकालीन हानी नोक्सानी पुर्‍याउने गरी गरिएको बताइएको छ।

चितवनको श्रीपुर–२, हाल भरतपुर–१५ बसोबास गर्दै आएका ६६ वर्षका कार्कीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भइसकेको र उनीहरूलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको सिआइबी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट