२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

उद्योगीलाई प्रधानमन्त्रीको आग्रह : 'आत्मविश्वासकासाथ अगाडि बढौँ, अर्थतन्त्र समृद्ध हुन्छ'

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई उच्च मनोबल र सकारात्मक दृष्टिकोणका साथ काम गर्न आह्वान गरेकी छन्।

उनले निजी क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको आधारको रूपमा वर्णन गर्दै भनिन्, “उद्यमीको मनोबल नउठेसम्म अर्थव्यवस्था अघि बढ्न सक्दैन। उद्योग, लगानी र श्रमिकको मेहनतले मात्र देशको प्रगति सुनिश्चित हुन्छ।”

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रम ‘राष्ट्रिय आर्थिक बहस २.०’ मा उनले हालैको जेनजी आन्दोलनलाई उल्लेख गर्दै भनिन् "युवा पुस्ताले भ्रष्टाचार, कमिसन र लुटतन्त्र असह्य भएको स्पष्ट पारेको छ। यसले निजी क्षेत्रलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिएको छ ।"

प्रधानमन्त्री कार्कीले सुशासन र नीतिगत सुधारलाई आर्थिक वृद्धिको पूर्वशर्त ठहराउँदै उद्योगी–व्यवसायी, श्रमिक र सरकारी निकायबीच सहकार्य अपरिहार्य भएको बताइन्। उनले भनिन्, “हाम्रो लक्ष्य उद्योग वातावरण सुधारेर लगानी र उत्पादन बढाउनु हो। जलविद्युत, पर्यटन र कृषिमा ठूलो अवसर छ, यसलाई प्रोत्साहन गर्दैछौँ।”

उनले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई दिगो लोकतान्त्रिक प्रक्रिया र देशको समृद्धिका लागि अवसरको रूपमा चित्रण गर्दै निजी क्षेत्रलाई सक्रिय भूमिका खेल्न आह्वान गरिन्। “हिजोभन्दा राम्रो भोलि बनाउन हामी सबैले हातेमालो गर्नुपर्छ। हाम्रो देश हामीले नै बनाउने हो।” – उनले भनिन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट