२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

जेनजी आन्दोलनमा घुसपैठ गर्नेहरुमाथि कडा कारवाही हुन्छ : गृहमन्त्री

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा ढंगले कानूनी कारवाही हुने प्रष्ट पारेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा देशमा ठूलो क्षति भएको भन्दै घुसपैठ गर्नेहरुलाई पक्राउ गरि कडा ढंगले कारवाही हुने बताएका हुन् ।

उनले अहिलेसम्म ३८० जनालाई पक्राउ गरिएको र १५० जनामाथि विभिन्न मुद्दाहरु चलेको जानकारी दिए । जेनजी आन्दोलनपछि ७१० हतियार फिर्ता ल्याइसकेको, १४ हजार ५ सय ४९ कैदी फरार रहेकोमा ९ हजार ५ सय २१ कैदी फिर्ता भइसकेको उनले बताए ।

गृहमन्त्री अर्यालले हतियार र फरार कैदी फिर्ता ल्याउन विशेष अप्रेशन चलाउने उल्लेख गरे । गृहमन्त्री अर्यालले कानुनी राज्यको वहाली भइसकेकाले उद्योगी व्यवसायीहरुको सुरक्षा सरकारले पहिलेभन्दा रचनात्मक रुपमा दिने प्रतिवद्धता जनाए । नेतालाई मन्त्रीलाई रिझाउनुपर्ने अवस्था नरहेको भन्दै उनले अहिले मुलुकमा फरक ढंगले सुशासन कायम भएको जिकिर गरे ।

उनले मुलुकमा सुशासन नभएकै कारण जेनजी आन्दोलन भएकाले सुशासन दिन नसके द्वन्द्व दोहरिन सक्ने अवस्थाप्रति सरकार सजक रहेको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट