२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

गृहमन्त्री ओम प्रकाश अर्याल भन्छन्ः “के गर्दैछौं र के गर्‍यौं भन्नै नमिल्ने अवस्था छ”

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले गृह मन्त्रालयका संवेदनशील विषयका कारण कतिपय निर्णयबारे स्पष्ट जानकारी दिन नसकिने बताएका छन्। उनले भने, “शुद्धचित्तले काम गर्नु बाहेक विकल्प छैन।”

अर्यालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौं भन्न मिल्दैन, के गर्‍यौं पनि भन्न नमिल्ने अवस्था हुन्छ। हाम्रो बाहेक विकल्प छैन, शुद्धचित्तले कर्म गरिरहने मात्रै उपाय हो।”

उनले पाइलैपिच्छे सुशासनको मार्ग अपनाउँदै देशलाई निर्वाचनमार्फत् निकासमा डोर्‍याउने सरकारको जिम्मेवारी पूरा गरिरहेको पनि बताएका छन्।

यो टिप्पणी जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हालै गृह मन्त्रीको कार्यशैलीमा उठाएका प्रश्नको सन्दर्भमा सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट