२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता, दुई वाणिज्य बैंकले लगानी गर्ने

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।

सो आयोजानमा सिद्धार्थ बैंकले ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले ४८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् । आयोजना कूल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवर्द्धकले लगानी गर्ने छन् ।

आयोजनाको कूल लागत रु एक अर्ब ४० करोड २५ लाख बराबर रहेको छ । कम्पनीका अध्यक्ष वसन्तकुमार तामाङका अनुसार आयोजनाबाट वार्षिक ४० दशमलव ८२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादित बिजुली ३३ केभी क्षमताको तीन दशमलव आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ ।

पाँचथर जिल्लामा आयोजना स्थल रहेको परियोजनाको हाल निर्माण सुरु भइसकेको र निर्धारित समयमा पूरा हुने प्रवर्द्धक कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ