२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना गरिएको छ । माथिल्लो डोल्पाका ६७ जना रिम्पोछो गुरु, सयभन्दा बढि लामा गुरुहरु र अन्य विदेशी बौद्ध धर्म गुरु र अनुयायीहरुले सामूहिक रुपमा शान्ति पूजा गरेका हुन् ।

डोल्पो समाजको आयोजनामा मंगलबारबाट सुरु भएको भएको शान्ति पूजा चार दिनसम्म चल्ने बताइएको छ । सोही अवसरमा डोल्पा मार्गोम गुम्वाका प्रमुख रिम्पोछे स्वर्गीय क्याव्जे मार्गोम रिम्पोछेको सम्झनामा निर्मित स्तुपामा बौद्ध परम्परा अनुसार प्राण प्रतिष्ठा गरिएको थियो ।

डोल्पो समाजका अध्यक्ष निमा रिम्पोछोले समग्र विश्व शान्ति र मानवकल्याणका साथै देशमा शान्तिका लागि पूजा आयोजना गरिएको जानकारी दिए ।

सो पूजाका लागि एकै ठाँउमा ६७ जना रिम्पोछो गुरु, सयभन्दा बढि लामा गुरुहरु सहभागी भएको यो पहिलो पटक भएको निमा रिम्पोछोले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट