२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

नेवानि महाप्रबन्धक नियुक्तिमा ढिलाइ, प्रधानमन्त्रीले सचिवसँग सोधिन् स्पष्टीकरण

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को महाप्रबन्धक नियुक्ति गर्न भइरहेको ढिलाइबारे प्रधानमन्त्री सुशीला कार्कीले पर्यटन सचिवसँग स्पष्टीकरण माग गरेकी छिन् ।

खुला प्रतिस्पर्धामार्फत नेवानि महाप्रबन्धन नियुक्त गर्न छनोट समिति गठन गरिएपनि अहिलेसम्म बैठक समेत नबसेपछि प्रधानमन्त्रीले हरिप्रसाद मैनालीसँग स्पष्टीकरण सोधेकी हुन् ।

प्रधानमन्त्रीले सचिव मैनालीको संयोजकत्वमा १४ कात्तिकका दिन छनोट समिति गठन गरेकी थिइन् । समितिलाई एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्ने कार्यभार दिइएको थियो । तर, अहिलेसम्म समितिको एउटा पनि बैठक बसेको छैन ।

पर्यटन मन्त्रालयको विभागीय जिम्मेवारी अहिले प्रधानमन्त्रीसँगै रहेको छ ।

यस्तो छ मैनालीको जवाफ

प्रधानमन्त्रीले सोधेको प्रश्नको जवाफमा सचिव मैनालीले कार्यविधि बनाएको दाबी गरेका छन् । आफू केही समय विदेशमा रहेका कारण कामले गति लिन नसकेको उनले स्पष्टीकरण दिएका छन् ।

प्रधानमन्त्रीले एक जनाका कारण सरकारको पूरै काम कारबाही प्रभावित हुन नहुने समेत बताइन् । जवाफमा सचिव मैनालीले आजै बैठक राखेर बाँकी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता गरेका थिए ।

उनी नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक कार्यक्रममा केही समय विदेशमा थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट