काठमाडौं । पूर्व सांसद देवीप्रसाद भट्टचन रिहा भएका छन्। सोमबार प्रहरीले म्याद थप गर्नको लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो।
तर, वकिल कार्यालयले अहिले हिरासतमा राख्नु नपर्ने भन्दै म्याद थप नगर्न प्रहरीलाई निर्देशन दिएसँगै उनी रिहा भएका हुन्। भट्टचन नेकपा (एमाले) का निवर्तमान सांसद हुन्।
'अहिले हिरासतमा राख्नु परेन। तारिखमा राख्नु भनेर छोडेका हौं,'जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माले भने। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले कार्तिक ११ गते ललितपुरको गोदावारीबाट उनलाई नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया दिनुहोस