२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एलओडीमा ‘आवेश र पेशाको संगम’ कार्यक्रम हुने, डा. रमेशसिंह भण्डारी विशेष रूपमा प्रस्तुत हुँदै

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । पेशा र आवेशलाई एकसाथ जोड्ने उद्देश्यसहित ठमेलस्थित एलओडी नेपालले “आवेश र पेशाको संगम” विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा नेपालका अग्रणी लिभर ट्रान्सप्लान्ट सर्जन (कलेजो प्रत्यारोपण) डा. रमेशसिंह भण्डारी विशेष रूपमा सहभागी हुने भएका छन्।

डा. भण्डारी हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सर्जिकल ग्यास्ट्रोएन्टेरोलोजी विभागका प्रमुख तथा प्राध्यापक हुन्। उनले नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरेर चिकित्सा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

कार्यक्रममा रोशन श्रेष्ठ र टिमको सांगीतिक प्रस्तुति रहनेछ भने चर्चित गिटारवादक देव लामाले आफ्ना धुनमार्फत माहोल जीवन्त बनाउनेछन्।

विश्वकै ४४औँ उत्कृष्ट क्लबका रूपमा मान्यता प्राप्त एलओडीमा आयोजना हुने सो कार्यक्रम कात्तिक २९ गते सनिवार दिउँसो ३:०० बजेदेखि साँझ ८:०० बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमका टिकटहरू खल्ती एपमार्फत खरिद गर्न सकिने आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ