२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

सरकार र दुर्गा प्रसाईं समूहबीच आज गृह मन्त्रालयमा वार्ता, मन्त्रीस्तरीय वार्तामा प्रसाईं सहभागी नहुने

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच आज गृह मन्त्रालयमा मन्त्रीस्तरीय वार्ता हुँदैछ। वार्तामा प्रसाईं सहभागी नहुने भए पनि उनको समूहका माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी र मकबुल साह सहभागी हुने जनाइएको छ।

समूहका प्रतिनिधिहरु मन्त्रीस्तरीय वार्तामा सहभागी भएपनि प्रसाईं प्रधानमन्त्रीस्तरीय वार्तामा मात्रै बस्ने जनाइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि वार्ता हुने कुरा पुष्टि गरेका छन्। वार्ताको सहजीकरण अधिवक्ताद्वय लवन न्यौपाने र विनोदमणि भट्टराईले गर्नेछन्।

प्रसाईंले ७ मंसिरबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्। गत चैतमा तीनकुनेमा भएको आन्दोलनमा हिंसा, तोडफोड र आगजनी भएको थियो। यसपटक उनी नेपाली कांग्रेस बीपीसँग सहकार्य गर्दै आन्दोलनको तयारीमा छन्।

सुरक्षा अधिकारीहरूले भने, हिंसात्मक गतिविधि हुन सक्ने भन्दै प्रसाईं र उनका समूहका सदस्यमाथि निगरानी बढाइएको छ। यसै महिनामा विवादास्पद मेडिकल व्यवसायी प्रसाईंसँग सम्बन्धित विषयमा काठमाडौ उपत्यकाका तीनै जिल्ला प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूले छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट