२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बलिउड अभिनेता गोविन्दा अस्पताल भर्ना, कस्तो छ अवस्था ?

बुधवार , कार्तिक २६, २०८२

मुंबई । चर्चित बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ । मंगलबार साँझ घरमा बेहोस् भएका गोविन्दालाई जुहूस्थित क्रिटीकेयर अस्पतालमा भर्ना गरिएको हो ।

गोविन्दाका सहयोगी तथा कानूनी सल्लाहकार ललित बिंदललाई उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, “गोविन्दा मंगलबार साँझ करिब साढे आठ बजे अचानक बेहोस भए। सुरुमा डाक्टरको सल्लाह अनुसार दवाई दिइयो, तर स्वास्थ्य अवस्था बिग्रिएपछि राती ९ बजे अस्पतालमा भर्ना गरियो।”

ललितका अनुसार, “डाक्टरहरूले गोविन्दाको अवस्था अहिलेसम्म स्थिर रहेको बताएका छन्। सबै आवश्यक परीक्षणहरू भइरहेको छन् र उनी डाक्टरहरूको निगरानीमा छन्।”

गोविन्दा गत वर्ष पनि खुट्टामा चोट लागेका कारण यही अस्पतालमा भर्ना भएका थिए। अहिले पनि डाक्टरहरूले परीक्षणका आधारमा उपचार गरिरहेका छन्।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ