२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

गण्डकी प्रदेश स्वास्थ्य मन्त्री कृष्ण पाठकको पहलमा नवताज शिशुको उद्धार

बुधवार , कार्तिक २६, २०८२

गण्डकी । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले समयअगावै जन्मिएको नवजात शिशुको उद्धार गरेको छ ।

गोर्खाको चुननुम्ब्री गाउँपालिका–चुङ्लिङ चुम्चेतकी ३० वर्षीय रिङ्छेङ पाल्चो गुरुङले सात महिनामा १ किलोग्राम मात्र तौलको शिशुलाई जन्म दिइन्।

समयअगावै जन्मिएको र कम तौल भएको नवजात शिशुको ज्यान जोखिमपूर्ण रहेकाले प्रदेश स्वास्थ्य मन्त्रालयको पहलमा मंगलबार हेलिकप्टरबाट उद्धार गरिएको हो ।

गोरखाको दुर्गम चुम्चेतमा शिशुलाई आवश्यक हुने श्वासप्रश्वासका लागि अक्सिजन, न्यानो पार्ने मेसिन लगायतको कुनै सुविधा उपलब्ध नहुँदा शिशुको ज्यान जोखिममा रहेको थियो ।

उक्त स्थानबाट गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयबाट तत्काल हेली उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा थप उपचारका लागि भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट