काठमाडौं । आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेत्तृत्वको जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक तथा अनुमतिबिना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि नपाउने निर्णय गरेको हो ।
आयोगले तत्कालीन प्रधानमन्त्री, एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि अनुमतिबिना काठमाडौं छाड्न नपाउने भनेको छ ।

प्रतिक्रिया दिनुहोस