बुटवल । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलमा बहसको चरणमा पुगेको छ।
न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा आजदेखि दुबै पक्षका कानुन व्यवसायीबीच बहस सुरु भएको हो।
लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता महेन्द्र पाण्डेय र नारायण कँडेललगायतको टोली उपस्थित छ भने जोशीको पक्षबाट पनि कानुनी टिमले आफ्नो तर्क प्रस्तुत गर्न थालेका छन्।
उक्त मुद्दा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पहिलो पेसीका रूपमा सूचीबद्ध छ।
यसअघि कात्तिक २० गते अदालतले मूल मुद्दाको प्रमाण मिसिल झिकाउन आदेश दिएको थियो। सो आदेशअनुसार आवश्यक कागजात झिकाइसकेपछि आजदेखि औपचारिक बहस प्रक्रिया अघि बढाइएको हो।
प्रतिक्रिया दिनुहोस