२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सभामुखको निर्णय अवैध भन्दै उपसभामुखले गरिन् प्रतिवाद, ५ सांसदमाथिको कारबाही बदर

शुक्रवार , कार्तिक २८, २०८२

जनकपुर । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले लगातार १० पटक बैठकमा अनुपस्थित रहेको आधारमा पाँच सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले प्रतिवाद गरेकी छन्।

सभामुखले बिहीबार नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जसपाका मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र शारदा शंकर प्रसाद कलवारको पद रिक्त भएको सूचना जारी गरेका थिए।

तर उपसभामुख राउतले सोही दिन जारी गरेको सूचना मार्फत कात्तिक २२ गते बसेको विश्वासको मतसम्बन्धी बैठकमा उनीहरू उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्ड उपलब्ध रहेको दाबी गर्दै सभामुखको कारबाही अमान्य भएको जनाएकी छन्।

उनले सभामुखको निर्णय ‘प्रमाणविपरीत र आवेगमा आधारित’ भएको आरोपसमेत लगाएकी छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट