काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत घिसिङले हालै दर्ता गरेको ‘उज्यालो नेपाल पार्टी’ को प्रसंग उठाउँदै मन्त्री पदमा बसिरहनु नैतिक रूपमा अनुपयुक्त रहेको टिप्पणी गरेका हुन्।
पोखरेलले भने, प्रधानमन्त्री सुशीला कार्कीले गैरदलीय सरकार गठनको दाबी गर्दै आएको अवस्थामा आफ्नै पहलमा नयाँ पार्टी दर्ता गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्रीको जिम्मेवारीमा राखिराख्नु उचित हुँदैन।
उनले भने, “यस्तो व्यक्तिले मन्त्री पदमा रहिरहनु प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल खान्छ ? यदि मेल नखाने हो भने उनलाई तत्काल पदबाट हटाउनुपर्ने होइन ?”
प्रतिक्रिया दिनुहोस