२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

संसद पुनःस्थापनाको मागसहित एमालेले आज ७७ वटै जिल्लामा जनसभा गर्दै

शनिवार , कार्तिक २९, २०८२

काठमाडौं । नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जनसभालाई सफल बनाउन केन्द्रीय सदस्यदेखि जिल्ला इन्चार्जसम्म सबै संरचना परिचालन गरिएको जानकारी दिए। उनका अनुसार चार चरणमा सञ्चालन भइरहेको जनपरिचालन अभियानको तेस्रो चरणका रूपमा आजको देशव्यापी जनसभा आयोजना गरिएको हो। पहिलो चरणमा कात्तिक २२ गते वडा–स्तरका भेला सम्पन्न भएका थिए भने २५ गते विभिन्न पालिकामा जनप्रदर्शन र र्‍याली गरिएका थिए।

आजका कार्यक्रमअन्तर्गत महासचिव शङ्कर पोखरेलले नेपालगन्जमा, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मीमा र उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङमा आयोजना हुने आमसभालाई सम्बोधन गर्नेछन्। त्यस्तै, रुपन्देहीमा सचिव छविलाल विश्वकर्मा र झापाको बिर्तामोडमा सचिव पद्मा अर्यालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कोशी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य हिकमत कार्कीले धनकुटाको जनसभालाई सम्बोधन गर्नेछन्।

यसअघि पार्टीले मंगलबार ७५३ स्थानीय तहमा जनभेला तथा गत कात्तिक २२ गते देशभर ६ हजार ७४३ वडामा संगठनात्मक भेला सम्पन्न गरिसकेको छ।

पार्टीले जनपरिचालन कार्यक्रमलाई चरणबद्ध रूपमा अघि बढाइरहेको जनाएको छ। सोही अभियानअन्तर्गत अन्तिम चरणमा आगामी मंसिर ६ गते काठमाडौँमा वृहत जनप्रदर्शन तथा सभा आयोजना गर्ने तयारी गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट