२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

पेट्रोल र डिजेलको मूल्यमा वृद्धि, पेट्रोल प्रतिलिटर २ र डिजेल ३ रुपैयाँले बढ्यो

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ। नेपाल आयल निगमले आजबाट लागु हुनेगरी पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल प्रतिलिटर ३ रुपैयाँले बढाएको हो।

भारतबाट आयात भएर आउने डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५३ पैसा बढेर आएको भए पनि निगमले उपभोक्तामाथि भार नपरोस् भन्दै ३ रुपैयाँ मात्र समायोजन गरेको छ। त्यस्तै, पेट्रोल भारतबाट २ रुपैयाँ ५४ पैसा बढेर आए पनि नेपालमा २ रुपैयाँ मात्र थपिएको छ।

निगमका अनुसार भारततर्फको मूल्य वृद्धि उच्च भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै सीमित मात्रामा मूल्य बढाइएकाले वास्तविक वृद्धि भन्दा कम मात्र समायोजन गरिएको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट