२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

विदेशमा रहेका नेपाली नागरिकलाई भोट हाल्न दिन अध्यादेश ल्याउने तयारी

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ मतदानमा सहभागी गराउन अध्यादेशमार्फत कानुन संशोधनको तयारी गरेको छ।

गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मस्यौदा हाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। मतदाता नामावली, प्रतिनिधि सभा सदस्य निर्वाचन, निर्वाचन कसुर तथा सजाय, र निर्वाचन आयोग सम्बन्धी ऐनको संशोधन प्रस्ताव छ।

संशोधनपछि विदेशमा रहेका नेपालीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउनेछन्।

अध्यादेश कार्यान्वयन भएपछि दूतावास वा नियोगमा मतदान केन्द्र तोकिने छ, र त्यहाँका कर्मचारी मतदान अधिकृतका रूपमा कार्यभार सम्हाल्नेछन्। मतदाता नामावलीको प्रमाणीकरण पनि दूतावास तथा नियोगका कर्मचारीले गर्नेछन्।

सर्वोच्च अदालतले दशकअघि विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन आदेश दिइसकेको थियो, तर त्यसलाई कार्यान्वयन गरिएको थिएन। गत भदौ २३–२४ को जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले सो आदेश कार्यान्वयनका लागि गृहकार्य अघि बढाएको छ।

प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकिएको छ, र त्यसका लागि दल दर्ताको काम जारी छ। दल दर्ताको प्रमाणपत्र पाउने अवधि आज सकिँदैछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट