२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सिमकोट–नेपालगन्जको प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

आइतवार , कार्तिक ३०, २०८२

हुम्ला । सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ ।

सदरमुकाम सिमकोट गाउँपालिका–५ का युवाले हवाई टिकट वितरणमा पारदर्शी नगरी मिलोमतोमा वितरण गर्ने तथा पछिल्लो समय चिठ्ठाका आधारमा गर्दा टिकट वितरण गर्दा झन् समस्या आएको भन्दै आपत्ती व्यक्त गर्दैआएका थिए । यही विषयलाई लिएर उनीहरुले तीन निजी एयरलाइन्सका कार्यालयमा ताला लगाएका थिए । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकको निर्णयपश्चात शनिबार नै ताला खोलिएको छ ।

जिल्लामा उपलब्ध राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसहित जनप्रतिनिधिको उपस्थितिमा सम्पन्न उक्त बैठकले प्रत्येक उडानमा दुई हवाई टिकट अनिवार्य बिरामीलाई वितरण गर्ने, तीन सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस गर्ने तथा तीन टिकट एयरलाइन्सले अग्रिम सूचना जारी गरी अनलाइन माध्यमबाट वितरण गर्ने सम्झौता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

त्यसैगरी, सिमकोट गाउँपालिका–५ र ६ का स्थानीयका लागि वडा कार्यालयको सिफारिसमा एक–एक टिकट वितरण गर्ने तथा बाँकी टिकट एयरलायन्सले प्राथामिकता र सहजताका आधारमा वितरण गर्ने निर्णय भएको प्रजिअ रेग्मीले बताए ।

सिमकोट गाउँपालिका–५ र ६ ले पहिलोपटक आरक्षण सिट पाउने भएको छ । पन्ध्र सिट भएको जहाजमा यसअघि भनसुनका आधारमा टिकट वितरण हुँदै आएको थियो । यो तालिका सिमकोट विमानस्थलमा उडान भर्ने सीता, समिट, तारा र नेपाल एयरलाइन्सका सम्पूर्ण उडानमा लागू हुने बताइएको छ ।

सिमकोटका युवाले हवाई टिकट वितरणमा अनियमितता भएको भन्दै शनिबार बिहान सबै एयरलाइन्सका कार्यालयमा ताला लगाएका थिए । ताला लगाएको जानकारी पाएलगत्तै स्थानीय प्रशासनले तालाबन्दी गर्ने युवा, सुरक्षा निकाय, राजनीतिक दल र एयरलाइन्सका प्रतिनिधि राखेर बैठक राखेको थियो । बैठकको निर्णण भएलगगत्तै ताला खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट