२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सोल्टि होटलमा भब्य क्रिसमस बजार, अमेरिकी राजदुतद्वारा उद्धाटन

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा सम्पन्न भयो । चार दशकभन्दा बढी समयदेखि निरन्तर हुँदै आएको यो वार्षिक कार्यक्रम यस वर्ष पनि उल्लेख्य सहभागितासहित सम्पन्न भएको आयोजकहरूले बताएका छन् ।

बजारको उद्घाटन बिहान १०:३० बजे नेपालस्थित अमेरिकी राजदूत डिन आर. थम्पसन तथा उनकी धर्मपत्नी र एवन की मानार्थ अध्यक्ष जेन क्रिल थम्पसनले संयुक्त रूपमा गरे । उद्घाटनपछि बोल्दै थम्पसन महोदयीले कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै भनिन्, “एवन बजार हाम्रो लागि सधैं विशेष रहन्छ । हामी हरेक वर्ष क्रिसमसका सामग्री किन्न यहाँ आउँछौँ । यस वर्षको बजार निकै व्यवस्थित र सफल देखियो । उपलब्ध सामग्रीको गुणस्तर उत्कृष्ट छ, विविधता धेरै छ, र किफायती मूल्यमा एकै ठाउँमा सबै वस्तु पाइने सुविधा निकै उपयोगी छ ।”

कार्यक्रमलाई यात्रा म्यागजिन, नेपाल एयरलाइन्स, आइविबी अष्ट्रेलिया, बुद्ध एअर, सेन्चुरी स्पाइसेस एन्ड स्न्याक्स, रुपीज इन्टरनेशनल स्कुल र डाबर नेपालले प्रायोजन गरेका थिए ।

बजारमा १०० भन्दा बढी स्टलले स्टार्टअप उत्पादन, अर्गानिक सामग्री, हस्तकला, फेसन वस्तु, घरायसी सजावट तथा चाडपर्वका सामग्री बिक्री तथा प्रदर्शन गरेका थिए। आगन्तुकका लागि खानाका स्टल र बाल–मैत्री गतिविधिहरू पनि राखिएको थियो।

कार्यक्रमबाट संकलित रकम एवन ले सञ्चालन गर्दै आएका महिला सशक्तिकरण, सामुदायिक सहयोग र सामाजिक सेवा परियोजनामा विनियोजन गरिने जनाइएको छ।

७७ वर्षअघि स्थापना गरिएको एवन प्रारम्भमा अमेरिकी दूतावाससँग जोडिएका केही महिलाहरूको समूहका रूपमा सुरु भए पनि अहिले नेपाली तथा विदेशी महिलाहरूलाई समेट्ने समावेशी सामाजिक संस्था बनेको छ।

एवन की अध्यक्ष बाबा सरकार श्रेष्ठले बजारको सफलताप्रति खुशी व्यक्त गर्दै भनिन्, “यस वर्षको क्रिसमस बजार अत्यन्तै सफल रह्यो। प्रायोजक, सहभागी, स्वयंसेवक र आगन्तुक सबैलाई धन्यवाद दिन चाहन्छौँ। तपाईँहरूको सहयोगले नै हामीले सञ्चालन गर्दै आएका च्यारिटी तथा समुदाय–मुखी कार्यक्रमहरूलाई निरन्तरता दिन सम्भव भएको छ। सबैलाई हार्दिक धन्यवाद।”

आयोजकका अनुसार यस वर्षको एवन बजार सहभागिता, बिक्री–व्यवहार र समग्र सार्वजनिक रुचिका आधारमा पछिल्ला वर्षहरूमध्ये सबैभन्दा प्रभावकारी कार्यक्रमका रूपमा मूल्यांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट