२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

जेनजी आन्दोलनको आगजनी नियन्त्रण गर्न ललितपुर महानगरको दमकल सेवाको महत्वपूर्ण भूमिका छ : चिरीबाबु महर्जन

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेनजी आन्दोलनका क्रममा भएको आगजनीलाई नियन्त्रणमा लिन ललितपुर महानगरको दमकल सेवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

आइतबार ललितपुरमा महानगरको सेवा प्रवाहरुको बारेमा तयार पारिएको ‘नगरवासीको सेवामा महानगर प्रहरी’ नामक श्रव्य–दृश्य सामग्री प्रदर्शनी कार्यक्रममा महर्जनले जेनजी आन्दोलनका क्रममा भएको आगजनीलाई नियन्त्रणमा लिन ७९ पटक अत्याधुनिक दमकल परिचालन गरेको जानकारी दिए । उनले आन्दोलनका क्रममा भएको आगलागी नियन्त्रणमा ललितपुरको दमकलले गरेको सेवाको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा भइरहेको जिकिर गरे ।

प्रमुख महर्जनले अहिले महानगरसँग फर्मसहितको अत्याधूनिक दमकल रहेको जानकारी दिए । उनले विपद्को समयमा ललितपुरमा मात्रै सिमित नगरि अन्य जिल्लाहरुमा समेत दमकल परिचालन गरिएको बताए ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठले बिपद्का समयमा नजिकका नगरसँग सहकार्य गर्दै अघि बढ्न जरुरी भएको बताए । आवश्यक परेको खण्डमा एउटा नगरको नगरप्रहरीलाई अर्को नगरमा परिचालन गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट