२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काम नगरी अलपत्र पारिएका ठेक्का रद्द, व्यवसायीलाई १५ दिनभित्र उपस्थित हुन निर्देशन

सोमवार , मंसिर १, २०८२

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले २५ वटा रुग्ण ठेक्का रद्द गरेको छ। आर्थिक वर्ष २०६७/०६८ देखि २०७९/०८० सम्म सम्झौता भएका ठेक्का काम नगरी अलपत्र परेपछि सोमबार कार्यालयले ठेक्का तोड्ने निर्णय गरेको हो।

सडक डिभिजन कार्यालयका अनुसार, ११ कात्तिकमा सम्बन्धित निर्माण व्यवसायीलाई स्पष्टीकरण पेश गर्न भनिएको थियो। व्यवसायीबाट प्राप्त स्पष्टीकरण असन्तोषजनक ठहरिएपछि सार्वजनिक खरिद ऐनको प्रावधान अनुसार ठेक्का रद्द गरिएको हो।

ठेक्का रद्द भएपछि अब निर्माण व्यवसायीको कार्यसम्पादन जमानत, धरौती रकम, पेश्की जमानत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गरी बाँकी कामको खर्च सरकारी रूपमा उठाउने प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ। व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन पनि निर्देशन दिइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति रोक्न मातहतका निकायलाई निर्देशन दिएका थिए। त्यसपछि सडक विभागले रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ